नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२५ भाद्र ।
धादिङका थप ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सामेबार नीलकण्ठ नगरपालिकाका ४२ जना, ज्वालामुखी गाउँपालिकाका ७ जना, बेनीघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती डबजोङ र खनियावास गाउँपालिकाका १/१ जना गरी ६१ जनामा डेंगु पृष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लामा डेंगु संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८६६ पुगेको छ । जसमा १ हजार ४७८ जना महिला र १ हजार ३८८ जना पुरुष रहेका छन् । जिल्लाका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा सबै भन्दा धेरै २ हजार ३८२ जना संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ११६ जना, बेनीघाट रोराङ ७४, सिद्धलेकमा ९५, त्रिपुरासुन्दरीमा ५९, गजुरीमा २९, गंगाजमुनामा २७, खनियाबासमा १७, रुवीभ्यालीमा १७ जना, नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |