धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ,२५ भाद्र ।
धादिङका थप ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सामेबार नीलकण्ठ नगरपालिकाका ४२ जना, ज्वालामुखी गाउँपालिकाका ७ जना, बेनीघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती डबजोङ र खनियावास गाउँपालिकाका १/१ जना गरी ६१ जनामा डेंगु पृष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लामा डेंगु संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८६६ पुगेको छ । जसमा १ हजार ४७८ जना महिला र १ हजार ३८८ जना पुरुष रहेका छन् । जिल्लाका कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा सबै भन्दा धेरै २ हजार ३८२ जना संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ११६ जना, बेनीघाट रोराङ ७४, सिद्धलेकमा ९५, त्रिपुरासुन्दरीमा ५९, गजुरीमा २९, गंगाजमुनामा २७, खनियाबासमा १७, रुवीभ्यालीमा १७ जना, नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |