नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनु भएको छ । धादिङबेशीमा खेलकुद बिकास समितिको भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले सो कुरा बताउनु भएको हो ।
उहाँले उक्त सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनु भएको छ । रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिन तयार भएको बताउनु भएको छ ।
छिट्टै प्रादेशिक सडक गुरुयोजना पास गर्ने बताउदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो,‘धादिङको ३५ वटा सडकमा बजेट राख्नेछौ,एक नम्बरमा धादिङबेशी साङकोष तिप्लिङ सडकलाई राखेर यसपालिबाटै बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने छ ।’ जम्कट्टेलले रुवीभ्यालीे एकिकृत विकासको छुट्टै कार्यालय स्थापना गरेर अगाडी बढ्ने पनि बताउनुभएको छ ।
धादिङमा प्रदेश सरकारबाट बजेट धेरै आएको भएता पनि काम नहुने, फ्रिज हुने गरेकोमा उहाँले चिन्ता ब्यक्त गर्नु भएको छ । धेरै पालिकामा प्रदेशले पठाएको बजेट कार्यान्वयन नभएको भन्दै जिल्लामा आएको बजेटलाई व्यवस्थित ढङगले सदुपयोग गर्न मुख्यमन्त्री जम्कट्टेलले सरोकारवाला सबैलाई आग्रह गर्नु भएको छ ।
खेलकुद बिकास समितिको भवन उद्घाटन समारोहका केहि तस्विरहरु




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |