निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङबेशी । जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोगलाई नियन्त्रण गरी स्थानिय उत्पादनलाई प्रवर्धन गर्न सरोकारवाला सवैलाई आग्रह गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै सवै सरकारी कार्यालय तथा जिल्ला स्थित स्थानिय तहहरुलाई पत्र लेखेर नै सार्वजनिक सभा, समारोहमा खादाको प्रयोग हटाई सोको सट्टा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोग गर्न आग्रह गरेको हो । मुलकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक खर्च व्यवस्थापनमा समस्या सृजना भएकोले सरकारी निकायहरुवाट हुने विभिन्न सभा, समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको अत्याधिक प्रयोग हुने गरेकोले अनावश्यक खर्च कटौती गरी स्थानीय वस्तु तथा उत्पादनको प्रोत्साहनका लागी सरोकारवाला सवैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेले बताउनु भयो ।
उहाँले आगामी दिनमा सार्वजनिक सभा, समारोह तथा कार्यक्रमहरुमा खादाको प्रयोग हटाई सोको सट्टा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोग गरी स्थानीय वस्तुको उत्पादन, प्रवर्धन, विविधीकरण र वजारीकरणका साथै वातावरणीय प्रदुषण न्यूनीकरण कार्यमा समेत सहयोग पु¥याईदिनुहुन समेत सवै पक्षलाई आग्रह गर्नु भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |