बागमती, ३ भदौ
धादिङमा तीन हजार पाँच सय १० पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ। लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत धादिङका तीन हजार पाँच सय १० पशुमा खोप लगाइएको हो ।
बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६ पशुमा खोप लगाइएको छ ।
साथै सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रे पलाञ्चोकमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ , तथा रसुवामा एक हजार एक सय ८८ पशुचौपायामा अर्थात गोरु तथा बाच्छावाच्छीमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत एक वर्षमा लम्पी स्कीबाट छ हजार दुई सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने एक लाख १० हजार चार सय ४० गाई गोरु तथा बाच्छाबाच्छी सङ्क्रमित भएका छन् ।
प्रदेशको आठ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र मार्फत खोपकर्ता नियुक्त गरिएको थियो । जस अन्तर्गत एक हजार ४६ जना खोपकर्ताले १३ जिल्लामा लम्पी स्कीन विरुद्ध खोप लगाएका छन् ।
अभियान अन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरीसमेत गराउने गरेको उहाँले बताउनुभयो ।
प्रदेशमा अझै पनि एक लाख ५० हजारभन्दा बढी पशुचौपायालाई खोप लगाउनु बाँकी छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे सप्ताहव्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताउनुभयो ।
नेपालमा २०७७ साल साउनमा मोरङका पशुचौपायामा उक्त रोगको सङ्क्रमण देखिएको थियो । लम्पी स्किन रोगको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा पशुचौपाया मरेका छन् भने दुग्ध उत्पादनमा समेत कमी आएको छ ।
गाई गोरु तथा बाच्छाबाच्छीमा उक्त रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुग्ध उत्पादन कम हुने, घाउँ खटिरा हुने, आँखा नाकबाट अत्यधिक मात्रमा सिगान बग्ने, लिम्फनोड सुनिने जस्ता लक्ष्य देखिने गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |