साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,०३ भाद्र ।
धादिङमा यो वर्ष ९६ प्रतिशत धान रोपाई भएको छ । धादिङ जिल्लाभर ११ हजार ५ सय ७६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएकोमा यो वर्ष ९६ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।
समयमै पानी नपर्दा र रोपाई ढिला हुँदा यो वर्ष धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा ५० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । खोला खेत बाहेक ढिलो गरी रोपाइ भएका टारी खेतहरुमा अघिल्लो वर्षहरुको तुलनामा उत्पादन घट्ने देखिएको छ । विउ छिप्पिसकेपछि रोपाई गरिएकोले पनि उत्पादनमा कमी आउने कृषि प्रसार अधिकृत शर्माको भनाई छ ।
कृषि ज्ञान केन्द्रले ९६ प्रतिशत खेतमा रोपाइ भएको भनेपनि स्थानीय पालिकाहरुले भने एकिन तथ्यांक नै दिन सकेको छैन । खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।
धान उत्पादनको मुख्य क्षेत्र मानिएको नीलकण्ठ नगरपालिका, सिद्दलेक गाउँपालिका, गजुरी गाउँपालिका र धुनिबेसी नगरपालिकाका टारी खेतहरु यो वर्ष रोपिएका छैनन् । यी पालिकाहरुमा उत्पादन घटेपछि जिल्लाभरकै उत्पादनमा कमी आउने देखिएको छ ।
धादिङमा साबीत्री, मकवानपुरे, सुख्खा १, राधा ४, राम, हर्दिनाथ १, हर्दिनाथ २, खुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |