प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१२ साउन
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको निर्वाचन यहि जुलाई ३० अर्थात साउन १४ गते हुन गहिरहेको छ ।यस चुनावका लागि धादिङ जन्मभूमि भई जापानमा बसोबास गरिरहेका ३ जनाले अध्यक्ष सहित महत्वपूर्ण पदमा उम्मेदवारी दिनुभएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार, धादिङको गंगाजमुना गाउँपालिका राजकुमार अधिकारी,अध्यक्षका प्रत्यासी छन्, सचिवमा अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार, नीलकण्ठ नगरपालिकाका श्याम शितल र केन्द्रिय सदस्यमा धादिङ समाज जापानका निवर्तवान अध्यक्ष, धुनीबेसी नगरपालिकाका दिनेश लोहनीले उम्मेद्वारी दर्ता गराउनु भएको छ।
अध्यक्षका उम्मेदवार राजकुमार अधिकारी एक सफल ब्यबसायी हुन।अत्यन्तै सिधा, मिलनसार, सामाजिक अभियन्ता र सरल ब्यक्तित्व उहाँमा एनआरएनएमा उपाध्यक्ष भएर भूमिका निभाई सकेको राम्रो अनुभव छ। यस्तै सञ्चार र सांङ्गितिक क्षेत्रबाट चर्चा कमाउँदै आएका श्यम सितल उत्तिकै लोकप्रिय पात्र हुनुहुन्छ ।उहाँ पनि एनआरएनए जापानको सचिवको भुमिका निर्वाह गरेको अनुभवी सामाजिक अभियन्ता हुनुहुन्छ।अर्का केन्द्रिय सदस्यका उम्मेदवार दिनेश लोहनी एनआरएनए जापानको सदस्य, मानार्थ सल्लाहकार धादिङ समाज जापानको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले सम्पूर्ण जापान निवासी धादिङ्गेली एक जुट भएर निर्वाचन मा सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |