Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

मनको कुरा

५९४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ८, सोमबार (१ साल अघि)
मनको कुरा

अधिवक्ता — कृष्णराज अधिकारी
पछिल्लो समय मेरो जीवनचर्या र पेशा व्यवसाय संचालन गर्ने आफ्नै मौलिक पारा छ । घरको कामदेखि अफिससम्मको कामको छुट्टै कार्य योजना बनाएको हुनेछु । यहाँसम्म कि जागिरमा कहिले स्थायी हुने, कहिले डिग्री हासिल गर्ने, कहिले बढुवा हुने जस्ता जीवनका महत्वपूर्ण सवालहरु योजना अनुसार नै सफल हुँदै आएको छ । जागिर कहिले र किन छोड्ने अनि त्यसपछि के गर्ने जस्ता जीवनका महत्वपूर्ण सवालहरु मेरा योजना अनुसार नै थिए ।

योजना र लक्षबिहीन मानिस कहिल्यै सफलतापूर्वक गन्तव्यमा पुग्न सक्दैन भन्ने सुनेको थिए । त्यसैले त म हरेक दिन योजना बनाउने गर्दछु । मेरा डायरी हरेक दिनको आम्दानी खर्चको विवरणले भरीएको हुन्छ, जुन कुरा त्यति आवश्यक हैन होला ? बनाएका सबै योजनाहरु सफलनै हुन्छन भन्ने पनि छैन । यो त एउटा जीवन जीउने मार्गदर्शन न हो । तरपनि आफ्ना योजनाहरुमा उलट पलट हुन लागेको अवस्थामा भने तरंग उत्पन्न हुन्छ नै । एक किसिमको हारेको महसुस हुन्छ ।

तपाइ आफूलाइ कस्तो ठान्नु हुन्छ ? त्यो तपाइको कुरा हो । तर, म आफूलाइ अलि सरल र सोझो मान्छु । कसैले केही सोधी हाल्यो भने वास्तविक कुरा भन्न मन लाग्छ । राम्रोको लागि सुझाव दिन मन लाग्छ । तर, यस्तो बानी सधैंभरी राम्रो हुँदो रहेनछ । आफुलाइ राम्रै हो भन्ने लागेको कुरा अर्काकहाँ पुग्दा नराम्रो किसिमले प्रस्तुत हुन सक्दो रहेछ । भन्नेले एउटा कुरा बताएको छ सुन्नेले अर्कै बुझ्दो रहेछ । आफू ताक्छ मुढो बन्चरो ताक्छ घुडो । ए वावा मैले त्यसो भन्न खोजेको हैन भन्यो तर, सुनुवाइ कसले गर्ने ? महादेवको तीन नेत्र जस्तो रीसको ज्वाला ।

जतिनै नजिकको मानिस किन नहोस जसले सुख दुःखमा साथ दिदैन भने त्यसको के अर्थ हुन्छ र ? मलाइ यस पटक प्रकृती नानीले खुबै साथ दिइन् । मेरो स्वास्थ्य परीक्षणमा उनको ठूलो सहयोग रह्यो । टाढा भएपनि बेला बेलामा सन्चो बिसन्चोको फोन गर्ने, सल्लाह सुझाव दिइ रहने । त्यसैले मैले उनलाई जति नै धन्यवाद दिए पनि पुग्दैन । म उनको ऋणी भएको छु।

प्रकृतीको कुरा गर्दा मलाइ केही भनु जस्तो लाग्यो । पेशाले चिकित्सक हाम्री प्रकृती म उनलाई छोरी भनेर सम्बोधन गर्न रुचाउंछु किन भने उनी मेरी छोरीकी मिल्ने साथी या रुम पाटनर । धेरै पटक मेरो घरमा आइ पारीवारीक वातावरण सिर्जना गरेकी छिन् । प्रकृती, प्रभात र अमृता यी तीनैजना एक आपसमा खुबै मिल्ने साथीहरु हुन् । यी तीन मध्ये प्रभात सरल स्वभावका दुःख आपतमा सहयोग गर्न पर्छ भन्ने भावनाका युवा जोश र जांगरले भरीका । अमृता पढाइमा अब्बल एक पटक पढे देखेको कुरा सधैं स्मरण भै रहने अद्भुत दैवीशक्ती । व्यवहारीकतामा भने अलि नखारिएको । प्रकृती चै बिजुली चम्के जस्तै जता पनि चम्कन सक्ने । देश काल परीस्थितिलाई राम्रैसंग बुझेकी । टाक्कटुक्क कुरा मिलाइ हाल्ने नाता सम्बन्ध जोडेर आफ्नो बनाउन भ्याइहाल्ने ।

केही समय अगाडीको कुरा हो । प्रकृतीको छात्रवृतीमा पढ्नको लागि नाम निस्किएछ । त्यसमा केही विद्यार्थीहरुको संस्थागत निर्णयमा गल्ती भएको भन्दै धर्ना जुलश गरे । अदालत गए । तर हाम्री नानी बाठी ! अब मेरो नाम निस्कियो पढ्न जाने हो भनेर झिटी गुन्टा पोको पारी राजधानी पसिछिन् । भोलीपल्ट खै त प्रकृती भनेको त हिजो नै कोठा छोडी पढ्न गइन् भन्ने कुरा आयो । अहोः जाने बेलामा एक बचन म विदा हुन लागेकी भनेकी भए पनि हुन्थ्यो जस्तो लाग्यो । फेरी अर्को मन पढाइ हुने नहुने टुङ्गो छैन हत्त न पत्त किन गएकी होलिन् ? फेरी फर्केर आउन पर्ने हुन सक्छ जस्तो लाग्यो । नभन्दै गएको दुइ तीन दिनमै फर्किन परेछ । मनमनै हांसो पनि उठ्योे । अहिले मलाइ प्रकृती छोरीको अभाव खड्की रहेको छ । ओदानको पनि तीन खुट्टा मध्ये एउटाले मात्र टेक्न छोड्यो भने अडिन सक्दैन ।

त्यसैगरी यी तीनजना अति मिल्ने साथीहरु मध्ये एकको अनुपस्थितमा पक्कै खल्लो भएको हुनुपर्छ । केही कुरा ठाकठुक भैहाल्यो भनेपनि उनले सहजै कुरा मिलाइ हाल्दथिन् । अहिले त्यो सहजकर्ताको भूमिका खेल्ने पात्रको अभाव छ । कहिले काही छोरीले भनेको कुरा सम्झन्छु ‘मेरो ठेगान छैन विदेश तिर जान पनि सक्छु, त्यसैले तपाइको छोरी भनेको प्रकृती हो । उनी त नेपालमै बस्छिन् होली ?’ अहिले सम्झन्छु ठीकै भनेकी हो की क्या हो जस्तो लाग्छ । जे होस् छोरीकी साथी छोरी नै त हो ।

एक आपसमा अति नै मिल्ने यी तीन पात्रहरु जसले चिकित्साशास्त्र अध्ययन गरी रहेका छन् । उनीहरुको भविश्य उज्ज्वल रहोस् । देश र समाजले कर्तव्यनिस्ठ, सेवानिस्ठ विशेषज्ञ पाउन सकोस्, तीनै जनाको उज्ज्वल भविश्यको कामना गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • तासको घर

    तासको घर

  • भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

  • विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ?

    विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ?

  • पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाईयो

    पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाईयो

  • समाचार
    चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

    चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

    नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

    नीलकण्ठ नगरपालिकामा करियर परामर्श तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबो बोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    न्यु किबोर्डिङमा विद्यार्थीहरू दुवोको माला बनाउँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0