Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

बित्तीय साक्षरता कक्षाको प्रभावः नीलकण्ठ बसाहका १० महिलाले सुरु गरे सामुहिक खेती

८६८ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ६, शनिबार (२ साल अघि)
बित्तीय साक्षरता कक्षाको प्रभावः नीलकण्ठ बसाहका १० महिलाले सुरु गरे सामुहिक खेती

सरस्वती लम्साल । 

धादिङ,६ साउन

धादिङबेसीबाट ५ किलोमिटर पूर्व गएपछि पुगिन्छ बसाह गाउँ । गाउँमा लगभग ५० घरधुरी छन् । धेरैजसो घरहरू पक्की छन् । गाउँका अधिकांश युवाहरू पैसा कमाउन विदेश गएका छन् ।युवाहरू भेटिनै मुस्किल छ गाउँमा । बालबच्चा पढाउने र घर व्यवहार चलाउने जिम्मेवारी महिलाहरूले सम्हालिरहेका छन् । विदेशबाट आएको पैसाले नै नुनदेखि सुनसम्मको जोहो गर्नुपर्ने बाध्यतामा छन् उनीहरू ।

तर पछिल्लो समय भने विदेशको कमाइमा मात्र होइन, आफैँ पनि केही गर्नु पर्छ भनेर महिलाहरू जागरूक हुन थालेका छन्  । सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत बसाह वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेका १० जना महिलाहरूले गएको असारदेखि सामूहिक रूपमा कृषि खेती थालेका हुन् । पैसाको हरहिसाब राख्ने, विदेशबाट आएको पैसाको सही सदुपयोग गर्ने र आफूहरूले पनि केही गर्न सकिन्छ भन्ने कुरा कक्षामा बसेपछि ज्ञान पाएको उनीहरू बताउँछन् ।

उनीहरूको गाउँमा २०७९ पुस १८ गतेदेखि वित्तीय साक्षरता कक्षा सञ्चालन भएको थियो ।  हप्ताको १ दिन २१ हप्तासम्म चलेको यो कक्षा गएको जेठमा सकिएको हो । कक्षा समापन भएसँगै कक्षामा सिकेको ज्ञान र सीपलाई प्रयोग गर्दै गएको असार १२ गतेदेखि टनेल बनाएर बेमौसमी तरकारी उत्पादन थालेको उनीहरूले बताएका छन् ।

सामूहिक कृषि खेतीका लागि १० जनाले कृषि ज्ञान केन्द्रबाट १० लाख रुपैयाँ अनुदान पाएका छन् । अनुदानबाट पाएको रकममा उनीहरूले प्रत्येक व्यक्ति एक एक लाख रुपैयाँ लगानी गरी जम्मा २० लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका हुन् ।

कक्षामा बसेपछि पैसाको महत्त्व बुझेको, व्यावसायिक योजना बनाउन सिकेको र गर्न सकिने धेरै सम्भावनाहरू देखेकाले व्यावसायिक टनेल खेती सुरु गरिएको समूहकी सदस्य रुपा नेपालले बताउनुभयो ।

‘समूहमा आएपछि पैसाको महत्वबारेमा धेरै जानकारी पाइयो’ समूहकी अर्की सदस्य मानकुमारी नेपाल भन्नुहुन्छ ‘यो कक्षाले पैसालाई हेर्ने हाम्रो नजर नै बदलिदियो, पहिला त आफ्नो क्षमता के छ भन्ने कुराहरू आफूलाई नै थाहा रहेनछ ।’

‘कक्षामा आएपछि हाम्रो तेस्रो नेत्र खोलियो’ सदस्य रुपा भन्नुहुन्छ ‘अब हामी महिलाहरूले पनि व्यवसाय गर्न सक्ने रहेछौँ भन्ने आँट आएको छ, श्रीमानको कमाई सँगसँगै अब हामीहरूले पनि स्वदेशमै स्वरोजगारी बन्नुपर्ने रहेछ ।’

अहिले महिलाहरूले बाँसको टनेल बनाएर त्यस भित्र गोलभेँडा र धनियाँ रोपेका छन् । बेमौसमी तरकारी खेती गर्दा तरकारीको भाउ राम्रो आउने भएकोले टनेल खेती गर्न लागिएको सहभागी सोविता पन्तको भनाइ छ ।

कक्षामा बसेर व्यावसायिक योजनाको विषयमा छलफल गर्दा आफ्नो ठाउँमा पनि टनेल खेतीको सम्भावना देखिएको महिलाहरू बताउँछन् । ‘स्वदेशमै स्वरोजगार बन्न सकियो भने विदेश जानुपर्ने बाध्यता हट्ने रहेछ’ समूहकी सदस्य रुपा भन्नुहुन्छ ‘त्यो बाटो हामीले समातेका छौं ।’

(सरस्वती लम्साल धादिङको नीलकण्ठ नगरपालिकामा सामी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सहजकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0