प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,५ साउन
नेपाल हाप्किडो संघ धादिङको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले किशोर तामाङको अध्यक्षतामा ८ सदस्यीय हाप्किडो संघ धादिङ गठन गरेको हो ।नव गठित कार्य समितिको उपाध्यक्षमा दावा लामा र सुदिप थापा, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा मञ्जु तामाङ, सदस्यहरुमा सुनिल तामाङ, सुमन उप्रेती र बलराम मगर चयन भएका छन् ।
हाप्किडो संघ बागमती प्रदेशका अध्यक्ष मनोज लामाको अध्यक्षता र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यता रहेको थियो । धुनीबेसी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्यको विशेष आतिथ्यता रहेको भेलामा सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलाले राजकुमार पाठकको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।सदस्यहरु राजकुमार रुपाखेती र विदुर आचार्य छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |