प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,५ साउन ।
धादिङमा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपी लिनेको संख्या बढी भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजना गरेको आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रगती सार्वजनिकीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नागरिकताको प्रतिलिपी लिनेको संख्या बढी भएको बताउनुभएको हो ।
गत आर्थिब बर्षमा जिल्ला प्रशासन कार्यलयबाट नयाँ नागरिकता लिनेको संख्या १२,२६५ थियो भने प्रतिलिपी लिनेको संख्या १८,२४८ रहेको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा राष्ट्रिय परिचयपत्र सेवा दर्ता गर्नेको संख्या हाल सम्म १ लाख ८८ हजार १ सय ८७ रहेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी बाट ८ करोड ३ लाख ३६ हजार सात सय रुपैया राजस्व संकलन गरेको छ ।
गत आर्थिक बर्षमा धादिङमा ४ जना नागरिकले नागरिकताको प्रमाणपत्र त्याग गरेका थिए भने आमाको नाम बाट नागरिकता लिनको संख्या ३ रहेको छ । हाल सम्म १८११ वटा संघ संस्था दर्ता भएकोमा गत आ.व.मा १ सय ४४ वटा संघ संस्थाले नविकरण गरेका छन् । आर्थिक बर्ष २०७९/०८० मा ४९ वटा मुद्धा दर्ता भएकोमा जिल्ला प्रशासन कार्यालय धादिङले ४० वटा मुद्धा फछ्यौट गरेको छ । मिटरब्याजी सम्बन्धी २९ वटा उजुरी आएकोमा ५ वटा मुद्धा फस्यौट गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |