प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
असार १७, हेटौडा
बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट असन्तुलित भएको भन्दै संशोधन गर्न माग गर्नुभयो । उहाँले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध गरिरहने घोषणा गर्नुभयो ।
प्रदेशसभा सदस्य गोरसाइँले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारूढ दलका नेताहरुको आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी विनियोजित गरेको आरोप लगाउनुभयो । कूल बजेटको २७ प्रतिशत धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई छुटाइएकामा प्राकृतिक नियमअनुसार न्यायसङ्गत नभएको टिप्पणी उहाँको छ ।
सभामुख भुवनकुमार पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेशसभाका सदस्यको नाम रोष्टममा बोलाउँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले वयल घेराउ गरी नाराबाजी गर्नुभएको थियो । नाराबाजी भएपछि सभामुख पाठकले बैठक १ घण्टाका लागि स्थगित गर्नुभएको थियो । उहाँले प्रदेशसभाको अर्को बैठक आजै अपराह्न ५ः३० बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।
प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भनिए पनि २ घण्टा ढिला गरी अपराह्न ४ बजेपछि मात्रै बसेको थियो । उक्त बैठक आधा घण्टामात्रै सञ्चालन भएको थियो । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |