प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२१ जेठ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका कृषकहरुलाई भंैसी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक भैसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पशु विकास शाखाले कृषकहरुलाई भैसी वितरण गरेको हो।गाउँपालिकाको शर्सत अनुदानमा प्रदेश सरकारबाट वडा नं २ का लागि भैंसी प्रवद्र्धन कार्यक्रम अन्तरगत त्रिपुरासुन्दरी वडा नं २ को ब्रछा कृषि तथा पशुपंन्छी सामुहिक फर्मलाई कार्यक्रम परेकोले पहिलो चरणमा १४ वटा मुर्रा प्रजातिको भैंसी वितरण गरिएको गाउँपालिकाको पशु विकास शाखा अधिकृत जवार यादवले जानकारी दिनुभयो ।
कृषकलाई गाउँपालिका अध्यक्ष राजु उप्रेती र प्रमुख प्रशासकीय अधिकृत तिलाराम विकको रोहवरमा वितरण गरिएको हो ।दोस्रो चरणमा २२ वटा भैँसीको पाडी र १० वटा दुहुना भैँसी समेत वितरण गर्ने योजना रहेको यादवले बताउनुभयो।हाल गाउँपालिका भित्र गाई, गोरु र बाच्छाबाछीमा मात्रै लम्पी स्किन डिजिज देखा परेको तर भैँसीमा देखा नपरेको उहाँको भनाई छ।उहाँले रोग लोगेको पशुलाई प्राथमिक उपचारहरु गरिरहेको र भ्याक्सिन खरिदको प्रक्रियामा लागेको बताउनुभयो।
जिल्लाभर फैलिएको लम्पी स्किन डिजिज अझै बढ्ने क्रममा रहेको भन्दै पशु विकास अधिकृत यादवले पशुचौपायाको गोठहरु सफा राख्न र रोग लागेको पशुलाई छुट्टै राख्न कृषकहरुलाई आग्रह गर्नुभयो। उक्त रोगको संक्रमणबाट गाउँपालिकामा १ गाई मरेको यादवले बताउनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |