प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ ,७ जेठ
अन्तराष्ट्रिय धादिङ समाजले थप १० जना सल्लाहकार समिति मनोनित गरेको छ। सस्थाको लागि सधैव सल्लाह, सुझाव तथा निरन्तर सहयोग गर्नु हुने सामाजिक अभियन्ताहरुलाई समेटेर बिस्तार गरिएको अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता विशेष लोहनी का अनुसार बेलायतबाट, नर्सिंग यसोसियसन युकेका पुर्व अध्यक्ष बिनोद विकास सिम्खडा, बुद्ध फाउनडेशन युकेका सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाईटीका प्रवक्ता सुरेन रुपाखेती, धादिंङ नुवाकोट समाजका अध्यक्ष धन पाख्रिन रहेका रहनुभएको छ ।
अमेरिकाबाट सामाजिक अभियन्ता नवराज केसी, समाजसेवी टक बहादुर रुवाली, जापान बाट एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, पत्रकार महासंघ जापानका सचिव राजन गौतम, एनआरएनए जापानका सचिव श्याम कुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ,नेदरल्याण्डसका निवर्तमान महासचिव संघर्षशिल केसी, क्यानाडा बाट सामाजिक अभियन्ता राजन श्री छत्कुली रहनुभएको छ । चयन हुनुभएका सल्लाहकारहरु बाट अझै संस्थालाई सुधार उन्मुख गर्न सकिने र कार्यसमितिलाई हौसला प्रदान हुनेमा ढुक्क रहेको महासचिव राजेन्द्र श्रेष्ठ जानकारी दिनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |