प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२३ बैशाख
नेपाल वितरक संघको ११ औं केन्द्रिय वार्षिक साधारण सभा शनिवार धादिङबेशीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काँग्रेसका कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म सबैले तलब बाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्ने बताउनुभएको छ ।
विशेष गरी स्वास्थ्य उपचारको नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताउनुभयो ।नेपाल वितरक संघको ११ औं वार्षिक साधारण सभालाई शनिबार धादिङबेसीमा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्य उपचारको नाममा एक रुपैंया पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिन भनेर सबैले व्यवहारमा लागु गर्न सक्नुपर्ने बताउनुभयो ।
आर्थिक हिसावले देश अप्ठ्यारो परेको वर्ष भएको हुनाले राष्ट्रपतिदेखि सांसद हुँदै वडा अध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउने तर्फ लाग्नुपर्ने उहाँको भनाई छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |