प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ । बैदेशिक रोजगारमा जाने व्यक्तिको श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन गंगाजमुना गाउँपालिकाबाटै दिन सकिने भएको छ । स्थानीय तहबाटै श्रम स्वीकृति दिने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउदै गंगाजमुना गाउँपालिकाले श्रम स्वीकृतिको आवेदन गाउँपालिकाबाटै भरिदिने व्यवस्था मिलाएको हो ।
बैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित एवं भरपर्दो बनाई स्थानयि तहसम्म पहँुच अभिबृद्धि गर्न बैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको अनलाईन आवेदन फारम पालिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको गाउँपालिकाको रोजगार संयोजक प्रमिता भट्टले जानकारी दिनुभयो । अधिकांश नेपाली श्रमिकले अनलाईन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवा प्रदायक संस्था मार्फत गर्दा श्रमिकको सम्पुर्ण विवरण प्रविष्ट नहुने, सो वापत धेरै रकम तिर्न वाध्य हुनुपर्ने र विभिन्न वाहाना बनाई श्रमिकलाई दुःख हैरानी दिने गरेकोले अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज हुने अपेक्षा गरिएको भट्टले बताउनुभयो ।
गाउँपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धी सेवा यही वैशाखको पहिलो हप्तादेखि दिन थालेको उहाँले जानकारी दिनुभयो । अनलाइन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको २ प्रती फोटो आवश्यक पर्ने राजगार संयोजक भट्टले जानकारी दिनुभयो ।
बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार बैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |