Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

३४८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार (२ साल अघि)
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष थप खस्किने प्रक्षेपण गरिएको हो । “कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रुपमा देखिएका समस्याको असर नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा देखिनेछ”, एडिबीले भनेको छ ।

नेपालको पर्यटन क्षेत्र र रेमिट्यान्स आप्रवाहमा विश्वव्यापी आर्थिक मन्दिको प्रत्यक्ष असर देखिन सक्ने एडिबीले जनाएको छ । त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्नु, नतिजा केन्द्रित लगानी योजना नहुनु, वित्तीय व्यवस्थापनमा समस्या हुनु र आयोजना कार्यान्वयनका लागि पूर्वतयारीका काममा धेरै समय लाग्नुलाई न्यून आर्थिक वृद्धिदरको कारणका रुपमा देखाइएको छ ।

नेपालको अर्थतन्त्रमा बढी योगदान भएका कृषि, सेवा, उद्योग क्षेत्रलगायतको वृद्धिदरमा यसवर्ष गिरावट आउने अनुमान एडिबीको छ । “सन् २०२२ मा दुई दशमलव तीन प्रतिशत अनुमान गरिएको नेपालको कृषि क्षेत्रको वृद्धिदर यसवर्ष दुई प्रतिशतमा खुम्चिनेछ । त्यस्तै, सेवा क्षेत्र चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण छ”, एडिबीको प्रतिवेदनमा भनिएको छ ।

सन् २०२२ मा सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत अनुमान गरिएकोमा यसवर्ष एक दशमलव पाँच प्रतिशत विन्दुले घट्ने प्रक्षेपण गरिएको हो । उच्च ब्याजदर, केही वस्तुमा आयात प्रतिबन्धको नीति, गार्हस्थ्य खपतमा गिरावट र बाह्य वस्तुको उपभोगका कारण औद्योगिक क्षेत्रको वृद्धिदर खुम्चने अनुमान एडिबीको छ ।

त्यस्तै घरजग्गा कारोबार र खुद्रा व्यापार क्षेत्रले अर्थतन्त्रमा पु¥याउने योगदानको वृद्धिदर पनि घट्ने अनुमान छ । सन् २०२३ मा नेपालले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने अनुमान एडिबीको छ । यसवर्ष मूल्यवृद्धि सात दशमलव चार प्रतिशतसम्म पुग्ने अनुमान छ । सन् २०२२ मा नेपालको मूल्यवृद्धि छ दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको थियो ।

तर अर्कोवर्ष अर्थात् सन् २०२४ मा भने नेपालको मुद्रास्फीति केही नियन्त्रणमा आएर छ दशमलव दुई प्रतिशतमा कायम रहने अनुमान गरिएको छ । त्यस्तै, यसवर्ष सरकारको चालु खाता घाटा चार प्रतिशतले खुम्चने अनुमान गरिएको छ ।

एडिबीले सन् २०२३ मा एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशत र औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहने अनुमान गरेको छ । केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने जनाएको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२÷२३ मा पाँच दशमलव एक र २०२३/२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

  • स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

  • महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

  • २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

  • समाचार
    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    चालिसे दुर्घटना अपडेट : १ को मृत्यु, ५ जनाको उपचार हुँदै ६४ जनाको डिस्चार्ज

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0