धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाण्डौ,२ चैत
आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले अहिले केहिबेरमा यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।
नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ । नेपाल लिग–२ मा ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ चौथो स्थानमा छ । नेपालभन्दा अगाडि ३९ अङ्कका साथ नामिबिया तेस्रो र नेपालभन्दा पछि ३५ अङ्कका साथ अमेरिका पाँचौँ स्थानमा छ ।
नेपालले यूएईलाई हराउन सकेमा ४० अङ्क हुनेछ । ४० अङ्क जोड्न सकेमा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अङ्कका साथ च्याम्पियन र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगिसकेका छन् । अमेरिका ३५ अङ्कका साथ पाँचौँ, यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ र पपुवा न्युगिनी ११ अङ्कका साथ पुछारमा छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |