नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १९० रनमा समेटियो ।
युएईका लागि आर्यान लाक्राले ५१ रनको योगदान दिए । तेस्तै कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९ र १९ रन बनाए । पपुवा न्युगिनीका राईली हेकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई र दुई विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान एक र एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई ४६ रन बनाएको थियोे । पपुवा न्युगिनी लागि सेसे बाउले ८१ रनको योगदान दिए भने किप्लीन डोरिगाले ५५ तथा हिरी हिरीले ७७ रन जोडे ।
युएईका लागि आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले समान दुई र दुई विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक र एक विकेट लिए । विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप लिग दुईमा पपुवा न्युगिनी ३४ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ । यस हारसँगै युएई ३३ खेलमा ३१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |