धादिङ
धादिङमा भोली देखि १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । धादिङको गलौदीमा हुन लागेको खेलको तयारी पुरा भएको धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिँह तामाङले बताउनु भएको छ ।
राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ संचालन हुन लागेको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गते सम्म संचालन हुनेछ ।
धादिङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा गजुरी गाउपालिकाको ब्यवस्थापनमा संचालन हुन लागेको खेलमा तेक्वान्दो,एथलेटिक्स,कबड्डी,कराँते र भलिबलका खेलहरु समाबेश हुने भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |