बागमती प्रदेश सरकारले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र रहेका विभिन्न जिल्लाका ७ वटा अस्पताललाई एमबुलेन्से सहयोग गरेको हो ।
मन्त्रालयले प्रदेशको भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार, एउटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको छ । प्रदेश सरकारले गत वर्ष ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |