बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,२५ माघ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ गैरामा मौरीपालन सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । गाउँपालिको आयोजनामा सुरु भएको ७ दिने तालिमको मंगलबार गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङले उद्घाटन गर्नुभएको हो ।
तालिममा मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण, नेत्रावती डबजोङको हावापानी अनुसार मौरी कसरी पाल्ने लगायतका विषयमा तालिम दिइने गाउँपालिकाका सुचना अधिकारी कृषण बद्री पौडेलले बताउनुभयो।
बिभिन्न वडाका १७ जनाको सहभागिता रहेको तालिममा मौरी बाजेको नामले परिचित नुवाकोट सामरीका ध्रुवप्रसाद सापकोटाले सहजिकरण गर्नुभएको छ ।
तालिममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह, सूचना अधिकारी कृष्ण बद्री पौडेल, योजना शाखा अधिकृत अनुप लामिछाने, वडा नं ३ का वडाध्यक्ष सुरेश गुरुङ लगायतको उपस्थिती रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |