Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण २६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

४७३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २३, सोमबार (२ साल अघि)
पर्यटक लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् ।

पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उहाँ बताउनुहुन्छ ।

“बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ ।”

बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु दुई लाख सहयोगमा काम थालनी भएको हो । करिब रु तीन लाखको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले रु ३० हजार बराबरको श्रमदानसमेत गरेका छन् ।

हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिक जसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ ।

कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउनुहुन्छ । “यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ”, उहाँले भन्नुभयो ।

यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ । कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ ।

कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउनुहुन्छ ।

कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँको वातावरणमा आएपछि मेटाउने खालको वातावरण छ । बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ । सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन् । बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको ९पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारीसाधनमा जान सक्ने पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ ।

यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् । यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।

दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ ।

नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

    सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

  • लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

    लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

    धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

  • गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

    गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

  • समाचार
    सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

    सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

    लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

    लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

    धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

    धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’

    गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

    गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0