निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,३ माघ ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले व्यक्तिगत पैसाबाट खाद्यन्न,नगद तथा लत्ताकपडा सहयोग गर्नुभएको छ ।सिद्धलेक गाउँपालिका वडा नम्बर १ छाँप गाउँमा रहेको माईली विकको परिवारलाई सोमबार घरमै पुगेर सहयोग गर्नुभएको हो ।
घरमुली लाल बहादुर विकको मृत्यु भएपछि क्रिया बस्दा खाने अन्न,लगाउने कपडा र ओढ्ने तथा ओछ्याउने केहि नहुँदा परालमा सुत्नुपर्ने अवस्थाको माईली विकको परिवारलाई सोमबार साँझ घरमै पुगेर तत्कालको लागि व्यक्तिगत पैसाबाट सहयोग गर्नुभएको हो।

क्रिया बस्दा खाने अन्न नहँुदा छिमेकीको घरबाट मागेर खानुपर्ने अवस्था रहेको थियो । क्रिया बसेका लाल बहादुर विकको श्रीमती माईली विक र १ छोरा पराल ओछ्याएर सुत्नुपर्ने बाध्यता रहेको थियो ।आर्थिक अभावको कारण समस्या भोगेको भन्ने खबर सुन्नसाथ पालिका अध्यक्षले तत्काल व्यक्तिगत रकमबाट २बोरा चामल,दाल ,१ कार्टुन तेल,नुन,सिरक,डसना,म्याट,तन्दा र नगद १० हजार रुपैँया सहयोग गर्नुभएको हो ।
तत्कालको लागि आफुले सहयोग गरेको भन्दै अध्यक्ष खतिवडाले गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।कार्यपालिकाको बैठक बसेर निर्णय गर्नुपर्ने भन्दै उहाँले बैठक बसेर सहयोग गराँैला भन्दा ढिला हुने भएकोले तत्काल आफ्नै पैसाबाट सहयोग गरेको बताउनुभयो ।पालिकाको अध्यक्ष नहँुदा पनि यसअघि पालिका भित्रका समस्यामा परेका नागरिकहरुलाई सहयोग गरेको भन्दै उहाँले पालिकाबासीको सुख दुखमा आफु सधै सँगै रहने बताउनुभयो।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |