नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२८ पुस ।
माघे संक्रान्तिको दिन धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा १७ हल गोरु जुधाईने भएको छ।संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबको आयोजनामा धुवाँकोटको भंगेरीमा गोरु जुधाई कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ।
धुवाँकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरी विगतमा भन्दा झनै प्रभावकारी रुपमा गोरू जुधाई कार्यक्रम आयोजना गरिन लागिएको आयोजक संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो।माघे संक्रातिको दिन गोरु जुधाई र कृषि मेला तथा हस्तकलाका सामाग्री प्रदशनी हुने भएकोे छ।
विभिन्न ४ समुह बनाई १७ हल गोरु जुधाईने श्रेष्ठले जानकारी दिनुभयो।जसमा पहिलो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस १२ हजार र १० हजार दोस्रो समुहको विजेता र उप विजेता गोरु धनीले क्रमस १० हजार र ८ हजार, तेस्रो विजेता र उप विजेता गोरुधनीले क्रमस ८ हजार र ६ हजार चौथो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस ४ हजार र २ हजार पाउने छन्।
यस्तै आयोजकले प्रति गोरु १० केजी चामल र १ लिटर तेल गोरुधनीलाई प्रदान गरिने जनाएको छ । कृषि मेला तथा हस्तकलाका सामाग्री पर्दशनीमा सहभागीहरुलाई प्रति स्टल १ हजार प्रदान गर्ने जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |