धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,२५ पौष ।
नेपाल विद्यार्थी (ने.वि) संघको निलकण्ठ बहुमुखी क्याम्पसमा क्रियाशिल सदस्य भेटघाट ,छलफल तथा चियापान कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेविसंघको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल भएको उक्त कार्यक्रमको आयोजना नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईले गरेको हो ।
कोहि बिद्यार्थीलाई केही अफ्ट्यारो भए जिल्लाबाट आफू साथ दिन तयार भएको र नेपाल विद्यार्थी ने.वि संघले जहिले पनि विद्यार्थीको हक हितको लागि काम गर्दै आएको नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति राकेश धामलाले बताउनुभयो । उहाँले नेपाल विद्यार्थी संघ देशको नै ठुलो संगठन रहेको दाबी गर्दै कार्यक्रममा शैक्षिक गुणस्तर शिक्षाको लागि नेपाल विद्यार्थी ने.वि संघलाई स्वयु चिनावमा जिताउन आवश्यक रहेको बताउनुभयो ।
प्रजातान्त्रिक सङगठन रोज्नु बिद्यार्थीको गौरवको बिषय भएकाले आफ्नो अधिकारको कुरा निर्धक्क राख्न सक्ने क्षमता नेपाल बिद्यार्थी संघको सङगठनमा भएको निलकण्ठ बहुमुखी क्याम्पस इकाईको अध्यक्ष कविराज श्रेष्ठको भनाइ छ । नेपाल विद्यार्थी ने.वि संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईको अध्यक्ष श्रेष्ठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति धामलाको प्रमुख अथिर्ता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारी , नेपाल विद्यार्थी (ने.वि) संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईको पुर्व अध्यक्ष इश्वर अधिकारी ,भिम भट्ट स्ववियु सभापति सरोज पाण्डे, ने. वि संघका नेता रोशन कोइराला र नेपाल विद्यार्थी ने.वि संघ निलकण्ठ बहुमुखी क्याम्पसको सदस्य लगायतको सहभागीता रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |