निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,०८ मंसिर।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गराएका हुन् ।
प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले .२३ हजार ९ सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार ६ सय एक मत खसेको थियो ।
अधिकारी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । लोहनी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।
२०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसकै अधिकारीसंग पराजीत भएका हुन् ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |