प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ ६, मंसिर ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्नेछ ।
नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले बिदाई गरे । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
शृंखलामा नेपालले घरेलु टोली नामिबिया र स्कटल्यान्डको सामना गर्नेछ । नेपाल २० खेलमा १७ अंकसहित छैटौँ स्थानमा छ भने नामिबिया २४ खेलमा २८ अंकसहित चौथो स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको टोलीः
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |