प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ, ६ मङ्सिर।
काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताउनुभएको छ । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताउनुभयो ।
“मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेको छ । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ” महामन्त्री थापाले भन्नुभयो, “आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।”अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहेपनि चुनावी अन्तिम नतिजाले त्यसको निक्र्योल गर्ने थापाको प्रतिक्रिया थियो ।
त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उहाँको भनाइ थियो । “हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,” थापाले भन्नुभयो, “म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराउनुभएको छ, त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।”

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |