नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२६ कात्तिक ।
रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो ।पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन ।
रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हालिसकेका छन् ।
यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् । रोहित भरपर्दो ब्याटर हुन् । २५ एकदिवसीय र २१ टी-२० खेलेका उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |