नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२४ कात्तिक ।
धादिङबेसीमा जुनोटिक रोगसँग सम्बन्धीत सरोकालवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको आयोजनामा जुनोटिक रोगसँग सम्बन्धी सरोकारवाला, व्यावसायिक पशु पालक कृषकहरुबिच अन्तक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा जुनोटिक रोग के हो, यो रोगको संक्रमण कसरी हुन्छ र जुनोरिक रोगको संक्रमणबाट बाच्न के गर्नुपर्छ लगायतका विषयमा छलफल भएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका पशु अधिकृत डा.चक्र वलीले जुनोटिक रोगसँग सम्बन्धीत सरोकालवालाहरुसँग प्रशिक्षण गर्नुभएको थियो ।
जुनोटिक रोगको संक्रमण बारे जनचेतना फैलाउन हरेक जुलाइ ६ मा विश्व जुनोटिक दिवसमा विभिन्न कार्यक्रम गरेर मनाइदै आएको थियो । नेपाल सरकारले जुनोटिक रोग लाई १० वटा रोगमा विभाजन गरेर प्राथमिकतामा राखेको छ । ६० प्रतिशत जुनोरिक रोग घरपालुवा पशुपन्छीबाट मानिसहरुमा सर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनु भएको भयो ।
सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालको अध्यक्षयतामा सम्पन्न भएको कार्यक्रममा धादिङ अस्पतालका कर्मचारी, व्यावसायिक पशु पालक, कृषक,जेटिए विद्यार्थी, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |