नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ १८,कात्तिक । धादिङ जिल्लाको गंगाजमुना गाउपालिका रहेको एैतिहासिक धार्मिक स्थल गंगाजमुना माईको मेला सम्पन्न भएको छ । हरिबोधनी एकादशीको अवसरमा गंगाजमुना गाउपालिका द्धारा आयोजित ब्रत मेलामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित मेला सम्पन्न भएको हो ।
मेलाको अवसरमा गंगाजमुना गाउपालिका जन्मस्थल भएका बिभिन्न राष्ट्रिय,अतराष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । गंगाजमुना माईमा पुजा आजा गरेमा आफ्नो मनोकामना पुरा हुने र माई स्थानमा रहेको कुकर धारामा नुहाए पछि रोग ब्याध नलाग्ने धार्मिक बिश्वास रहेको छ । मेलामा फुलको डोली लैजाने,बत्ति बाल्ने,परेवा उडाउने,बत्ति बाली जागाराम बस्ने,झाक्रीहरुले भाकल स्वरुप रातभरी ढ्याग्रो बजायर तपस्या गर्ने र भोली पल्ट नुहाएर एकादशी ब्रत बस्ने चलन छ ।
मेलाको अवलोकन तथा पुजा आजा गर्न धादिङ, नुवाकोट, गोरखा लगाएत देशका जिल्ला बाट उल्लेखनिय भक्तालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।
हरिबोधनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गंगा जमुना गाउँपालिकाले पालिका भित्र सार्वजनिक विदा समेत दिएको थियो ।
गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा बिगत लामो समय देखि मेला तथा सांस्कृतिक कार्यक्रमहरु हुदै आएको छ


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |