वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२६ असोज ।
धादिङमा आज ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ४५ पुरुष र ४० महिला गरी ८५ जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।
योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार १७१ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ६५९ जना पुरुष र ५१२ महिला गरी कुल एक हजार १७१ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ६८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ३८, गल्छीमा ४१, ज्वालामुखीमा ४९, बेनिघाट रोराङमा २२, सिद्धलेकमा २७, थाक्रेमा ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने चार जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |