नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ,१८ साउन।
धादिङमा पेस्तोल, सुन जस्तो देखिने पंहेलो धातु र डलर सहित २ जना पक्राउ परेका छन् ।
लपाङफेदीबाट धादिङवेशीं आउँदै गरेको मुस्ताङ फोर्स चेकजाँच गर्ने क्रममा सुन जस्तो पंहेलो धातु र डलर जस्तो देखिने नोटहरु सहित धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ का बेगबहादुर तामाङ र शोभा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ जनाएको छ ।
प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा उनिहरुको झोलाबाट एक किलो फाईन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको सुन जस्तो पंहेलो धातु एकथान र अमेरीकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान, एक सय दरका नोट २ सय ६३ थान र मोवाईल २ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
यस्तै बेगबहादुर तामाङको घरमा लुकाईछिपाई राखेको अवस्थामा २ थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, विस्कुट जस्तो देखिने सुन जस्तो पंहेलो धातु ५ थान समेत बरामद गरिएको प्रहरी निरिक्षक अवाले जानकारी दिनुभयो ।
पक्राउ परेका २ जनालाई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |