प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ,१८ साउन।
धादिङमा पेस्तोल, सुन जस्तो देखिने पंहेलो धातु र डलर सहित २ जना पक्राउ परेका छन् ।
लपाङफेदीबाट धादिङवेशीं आउँदै गरेको मुस्ताङ फोर्स चेकजाँच गर्ने क्रममा सुन जस्तो पंहेलो धातु र डलर जस्तो देखिने नोटहरु सहित धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ का बेगबहादुर तामाङ र शोभा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ जनाएको छ ।
प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा उनिहरुको झोलाबाट एक किलो फाईन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको सुन जस्तो पंहेलो धातु एकथान र अमेरीकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान, एक सय दरका नोट २ सय ६३ थान र मोवाईल २ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
यस्तै बेगबहादुर तामाङको घरमा लुकाईछिपाई राखेको अवस्थामा २ थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, विस्कुट जस्तो देखिने सुन जस्तो पंहेलो धातु ५ थान समेत बरामद गरिएको प्रहरी निरिक्षक अवाले जानकारी दिनुभयो ।
पक्राउ परेका २ जनालाई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |