नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ ४ साउन ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका बेरुजु फछ्यौटमा बागमती प्रदेशकै प्रथम भएको छ। महालेखा परिक्षककोे ५९ औँ बार्षिक प्रतिवेदन अनुसार नेत्रावती डबजोङ गाउँपालिकाले ० दशमलब १२ अंक प्राप्त गरी प्रथम हुन सफल भएको हो।आर्थिक बर्ष ०७७/०७८ मा बेरुजु फछ्यौटमा नेत्रावती डबजोङ गाउँपालिका प्रथम भएको हो ।
यसैगरी हरिहर गाउँपालिका सिन्धुलीले ० दशमलब ३८ अंक प्राप्त गरी दोस्रो हुन सफल भएको छ । भरतपुर महानगरपालिकाले ० दशमलब ५६ अंक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएको छ ।७५३ मध्ये आर्थिक बर्ष २०७७/७८ मा ७४४ स्थानीय तहको मात्र लेखा परीक्षण गरिएको थियो।
महालेखा परीक्षकको कार्यालयले ७४४ स्थानीय तहको ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरिएको थियो। प्युठानको मल्लरानी,सरुमारानी गाउँपालिका र ताप्लेजुङको सिरीजंगा गाउँपालिकाको बेरुजु शुन्य गर्न सफल भएका छन् ।धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये १ दशमलब ६९ अंक प्राप्त गरी बेनिघाट रोराङ गाउँपालिका दोस्रो हुन सफल भएको छ । यसैगरी २ दशमलब ६३ अंक प्राप्त गरी थाक्रे गाउँपालिका दोस्रो र २ दशमलब ७८ अंक प्राप्त गरी गंगाजमुना गाउँपालिका तृतीय हुन सफल भएका छन् ।
यस्तो छ धादिङको अवस्था

हेर्नुहोस महालेखाको प्रतिबेदन
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |