नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२५ असार।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजित फुटसल प्रतियोगितमा धादिङ फुटसल पत्रकार टिम उपविजता बनेको छ । स्वस्तीश्री गुरुकुल विद्यालय सानो भर्याङ स्वयम्भूमा भएको खेलमा काठमाडौं सँग पराजय हुदाँ धादिङ उपविजता बनेको हो । प्रतियोगितामा १२ वटा टिम सहभागी भएका थिए ।
नकआउट चरणमा खेलाइएको खेलको पहिलो चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, रासस, हाम्रो जन्मभूमि, नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम, गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो ।
त्यसैगरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो ।
१५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २, २ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सघंका श्रीकष्ण भण्डारीले पाउन सफल भए । साथै विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रदिपराज वन्तले राष्टिय फोटो पत्रकार समूहको सस्थाको २५ औं स्थापना दिवसको अवसरमा पत्रकार तथा फोटोपत्रकारहरु विच भाइचाराको सम्वन्ध रहोस भन्ने हेतुले कार्यक्रम गरिएको बताउनुभयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |