Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

सम्पादकीय :–सडक दुर्घटना न्यूनिकरणमा ध्यान दिऔं ।

७७३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २०, सोमबार (३ साल अघि)
सम्पादकीय :–सडक दुर्घटना न्यूनिकरणमा ध्यान दिऔं ।

धादिङ,२० असार।
पछिल्लो केही समयका सडक दुर्घनाको स्थितिलाई हेर्ने हो भने धादिङ जिल्लामा सडक दुर्घटनाको स्थिति डरलाग्दो अवस्था छ । राजधानी काठमाण्डौसंग जोड्ने मुख्य सडक धादिङको मार्ग हुँदै जाने भएकाले पनि धादिङ आसपासका क्षेत्रमा दुर्घटनाको अबस्था बढ्दो छ, तर दैनिकजसो भैरहेको दुर्घटनाको अवस्था सामान्य अवस्थाको भने छैन ।

अहिले धादिङबाट काठमाण्डौ वा चितवनको क्षेत्रतर्फ यात्रा गर्ने यातायातका साधनहरुको दुर्घटना बढ्दो छ । दैनिकजसो कतै न कतै कुनै न कुनै प्रकारको दुर्घटनाहरु भैरहेको समाचारहरु सुनिरहनुपरेको अवस्था छ भने, दुर्घटनाबाट ज्यान गुमाएका वा अंग भंग भएकाहरुको अवस्थाको बेदना पनि उस्तै रहेको सुन्नु परेको छ, यस प्रकारका दुर्घटनाहरुले धादिङ जिल्लालाई मात्र दुखित तुल्याएको छैन देशैभरका नागरिकहरु दुःखित हुनुपरेको छ ।

दैनिकजसो भैरहेको दुर्घटनाहरुको आ–आफ्नै कारणहरु छन् केहीले मादक पदार्थ सेवन गरेर दुर्घटनामा परेको सुन्नु परेको छ ते केहीले अन्य प्रकारका कुनै न कुनै लापरवाहीको कारण दुर्घटना गराएको प्रहरी र स्थानीय प्रत्यक्षदर्शिदेखीको विभिन्न प्रकारका अनुसन्धानहरुबाट खुलिरहेका छन् । सवारी साधनकै कमजोरीमा निम्नानुसारका दुर्घटनाहरु घटेको भन्ने बुँदाहरु कहिँ कतै भेटिने अवस्था छैन यसले सवारी चालक नागरिकहरुबाटै कुनै न कुनै समस्या सृजना गर्ने काम भैरहेको बुझ्न सकिन्छ ।

सवारी चालकबाट हुने केही अव्यवहारिक पक्षका कारण ७० प्रतिशत भन्दा बढी दुर्घनाहरु भएका छन् भने अन्य कारणबाट कम दुर्घटनाहरु भैरहेका छन् । एकाध् समयमा जंगली जनावरहरुदेखी घरपालुवा जनावर तथा सडकयात्रुहरुको कारण पनि भैहेको छ, सडकयात्रुहरुदेखी अन्य केही प्राविधिक पक्ष सुधार गर्दा केही दुर्घटनाका कारणहरु घट्ने जसले गर्दा दुर्घटनाका केही प्रतिशत कमी हुने आशा गर्न सकिन्छ तर, मुख्य पक्ष सवारी चालक नै सुध्रने वा सवारी चालकबाट केही साबधानीका कुराहरु अपनाउने हो भने अहिले जति दुर्घटना भैरहेका छन् त्यसको मात्रा धेरै नै घट्न सक्दछ, यसतर्फ भने हामीहरुको ध्यान गएको छैन ।

मदिराजन्य वस्तु सेवन गरेका सवारी चालकले दौडाइरहेका यातायातमा सवार गर्ने हामीहरु किन यातायात दुर्घटनामा परेपछि मात्रै अवस्था यस्तो थियो भनेर बोल्छौं । मदिरा सेवन गरेकाहरुले यातायात चलाउँदा म समस्यामा परेँ भन्नु भन्दा पहिले म यस्तो यातायातमा यात्रा गर्दिन भनेर प्रतिवद्धता गर्न किन नसकेका ?अनि सवारीको स्पिड अनियन्त्रित हुँदासम्म चुप किन लागेका छौं हामी ? के आम नागरिकलाई चालक प्रति आत्मविस्वास बढेरै यसो भएको त हैन ? यि र यस्ता विषयमा बहस चलानउनु आजको आवश्यकता भएको छ ।

अबको जमाना प्रतिस्पर्धाको जमाना भएका कारण जसले गल्ती गर्छ उसको पेशा व्यवसाय धरापमा पर्ने सम्भावना बलियो हुँदै गैरहेकोले पनि केहीमा अब सभ्य, स्पष्ट । पारदर्शि भएर काम गर्नुपर्छ भन्ने विषयको ज्ञान बढिरहेको छ यसलाई आम नागरिकसम्म पुयाउने हो भने र प्रहरीदेखी सरकारको नेतृत्व गरिरहेकाहरुले निश्चित दुर्घटना वा लापरवाहिलाई मात्र माफि दिने वातावरण सृजना गर्ने र गम्भीर खालको दुर्घटना घटाउने वा लापरवाही गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने हो भने यो घट्न सक्छ।

आम नागरिक, प्रहरी प्रशासन र राज्यको नेतृत्व गरिरहेकाहरुमा समेत यस प्रकारको चेतनाको विकास होस् सबै पक्षले यातायातको क्षेत्रलाई भरपर्दो बनाउनैका लागि प्रतिवद्ध हुँदै कडा नियमको पालना गराउने हो भने मात्रै पनि दुर्घटनाको अवस्था घट्न सक्छ । सबैलाई चेतना भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

    अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

  • जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

    जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

  • तासको घर

    तासको घर

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0