बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१९ असार ।
धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ । आईतबार सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ५५ करोड ८८ लाख ६३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन गरेको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये आन्तरिक आम्दानीबाट २ करोड २० लाख ४२ हजार ५ सय, संघ तथा प्रदेशको राजश्व बाँडफाँडबाट प्राप्त हुने १० करोड ५२ लाख ५८ हजार, संघको बित्तिय समानिकरण अनुदान १४ करोड ६३ लाख र सर्शत अनुदानबाट २० करोड ८२ लाख, बिशेष अनुदानबाट ७० लाख, प्रदेशको बित्तिय समानिकरण अनुदान १ करोड ४२ लाख २० हजार, सर्शत अनुदान २ करोड ५८ लाख ६८ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ७५ हजार रहेको छ ।
उक्त बजेट कार्यान्वयनबाट सबै प्रकारका रोगबाट नागरिकको जीवन रक्ष ागर्न स्वास्थ्य प्रणाली सुदृढ र सवल हुने, गुणस्तरीय र जीवन उपयोगी शिक्षाको पहुँच अभिवृद्धि हुने, रोजगारीको अवसर सृजना हुने सबै नागरिकले सामाजिक सुरक्षा एवम संरक्षण प्राप्त गर्ने साथै न्यायपूर्ण समाज निर्माणमा योगदान पुग्ने गाउँपालिकाले जनाएको छ ।
आगामी आर्थिक बर्षको लागि बजेटमा शिक्षा,स्वास्थ्य,कृषी सामाजिक, पूर्वाधार,वातावरण तथा विपद व्यवस्थापन लगायतलाई प्राथमिकता दिईएको छ। गाउँपालिका अध्यक्ष यमनाथ दनैको सभापतित्वमा भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
गाउँपालिकाले निति तथा कार्यक्रम भने १० असार मै सार्वजनिक गरेको थियो । पालिकाले कृषि तथा पशु, सहकारी नीति उद्यमशीलता प्रवद्र्धन, पर्यटन, सार्वजनिक निजी साझेदारी, सामाजिक विकास लगाएतका विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सार्वजनिक गरेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |