नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङ,१७ असार ।
बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरु पक्राउ परेका छन् ।
शुक्रबार महाराजगञ्जबाट खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले काठमाडौं बालुवाटारबाट धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई काठमाडौंको तारकेश्वर–१० मनमैजु बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ र महोत्तरीको लोहारपट्टि–७ घर भई हाल ललितपुरको महालक्ष्मी–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मालाई पक्राउ गरेको हो ।
शर्मालाई उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
दुवैजनाले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर बैंकको चेकहरु आ–आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए। पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |