बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१० असार।
धादिङको ज्वालामुखी गाउँपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पालिकाले कृषि तथा पशु, सहकारी नीति उद्यमशीलता प्रवद्र्धन, पर्यटन, सार्वजनिक निजी साझेदारी, सामाजिक विकास लगाएतका विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सार्वजनिक गरेको हो शुक्रबार गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएका थियो ।
निति तथा कार्यक्रममा सामाजिक विकास अन्र्तगत शिक्षा, स्वास्थ्य तथा पोषण, महिला, बालबालिका, किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाजकल्याण, संस्कृति तथा सम्पदा, युवा तथा खेलकुद, सामाजिक विकास, सुरक्षा तथा संरक्षण र गैरसरकारी संस्थालाई पनि समावेश गरिएको छ ।
गाउँपालिकाका सबै वडाहरुमा घरमा सुत्केरी शुन्य बनाउने सत्तप्रतिशत संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा गर्नुका साथै सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण कार्यलाई निरन्तर अनुगमन गरि समयसिमा भित्र भवन निर्माण कार्य सम्पन्न गरिने अध्यक्ष यम नाथ दनैले बताउनुभयो ।
शुक्रबार सार्वजनिक भएका नीति तथा कार्यक्रम गाउँ सभाबाट सर्वसम्मतले पारित भएको छ भने आगामी आर्थिक वर्ष २०७९/८० को बजेट १७ गते सार्वजानिक गरिने गाउँपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |