धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं, ९ असार।
बीमा समितिले समयमै कारोबार तथा लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरी कम्पनीहरूमाथि कारबाही गर्न सुरु गरेको छ ।
यसअघि पनि नियमितविपरीत काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई समितिले कारबाही गर्दै आएको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा राख्न र आगामी दिनमा थप गल्ती नगरुन् भन्ने सन्देश प्रवाह गर्न कारबाही गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने सम्पूर्ण बीमा कम्पनीहरूलाई दश हजारका दरले जरिवाना गर्ने निर्णय समितिले गरेको हो ।
बीमा समितिले बिहीबार प्रकाशित गरेको वक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी–जानी उल्लंघन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।’

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |