धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौं, २ असार।
सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ ।
यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्ने र यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २४ असारसम्म खुला रहनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |