काठमाडौं, २२ जेठ ।
नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ ।
विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको छ । जबकी केही वर्षअघिसम्म नेपालले यी खाद्यन्न निर्यात गर्ने गथ्र्यो ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको धान, चामल, मकै र गहुँ आयात गरेको हो । सो अवधिमा विभिन्ने देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चालम र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान भित्रिएको छ ।
सोही अवधिमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालले पछिल्लो दश महिनामा १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै, ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |