काठमाडौं, १२ जेठ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ ।
विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।
हप्ताको दुई दिन सार्वजनिक विदा दिंदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो ।विभागका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |