काठमाडौं, ५ जेठ ।
रामेछाप, ओखलढुंगा र कैलालीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
रामेछापको मन्थली नगरपालिका–११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
वैशाख ३१ गते माछा मार्ने गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र भारत पलिया घर बताउने हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |