प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ,०४ जेठ ।
गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्त बहादुर लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडा विजयी भएका छन् ।
आज सकिएको मतगणना अनुसार अध्यक्षमा बिजयी लामाले ६ हजार दुइ सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले भक्तबहादुर लामिछानेले चार हजार ५० मत ल्याए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छिन् ।
गंगाजमुना गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुर तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका बलबहादुर तामाङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसका राजकुमार गुरुङ, वडा नम्बर ४ मा नेकपा एमालेका प्रेम घले, वडा नम्बर ५ मा माओवादी केन्द्रका कुमार बहादुर अधिकारी, वडा नम्बर ६ मा नेकपा एमालेका रमेश ढकाल र वडा नम्बर ७ मा एकीकृत समाजवादीका रविन अधिकारी विजयी भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |