निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाण्डौ,२४ बैशाख।
बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् । बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी बढी समस्यामा परेका छन् । देशभर ५९ वटा ग्यास कम्पनी छन् । झन्डै डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छ । अहिले गर्मीको सिजन ग्यास कम खपत हुने सिजन पनि हो । तर समस्या देखिएको छ ।
थोरै उत्पादन गर्ने ग्यास कम्पनीको ग्यास समस्या भएको र अरु ग्यासमा व्यवसायीले लुकाएको समेत अनुगमनका क्रममा पाइएको नेपाल आयल निगमले जनाएको छ । ग्यास सहज गराउनु आफूहरुको दायित्व भए पनि यसको दीर्घकालीन समस्या समाधानका लागि सरकारी तहबाटै भण्डारण गर्नुपर्नेमा अहिलेसम्म नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।
नेपालमा एलपीजी ग्यास निजी क्षेत्रले भण्डारण गर्दै आएको तर सरकारले भण्डारणको व्यवस्था गर्न नसकेकाले पटक–पटक समस्या हुने गरेको उहाँको भनाइ छ । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए ।
जसका कारण चैत ६ देखि दुई हप्तासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको निगमको दाबी छ । अलिकति असहज हुने बित्तिक्कै ग्यास पाइँदैन की भन्ने आशङ्काले उपभोक्ताले अनावश्यक सञ्चिति गर्ने भएकाले पनि एउटा मात्रै ग्यास सिलिन्डर हुनेहरु मारमा पर्ने गरेको उहाँको भनाइ छ । केही उपभोक्ताले एकै पटक चार÷पाँच वटासम्म सिलिन्डर भरेर राख्ने गरेका छन् ।
अहिले मुख्य समस्या काठमाण्डौ उपत्यकाभित्र देखिएको निगमको भनाइ छ। अबका केही दिनमा सहज हुँदै जाने पनि प्रवक्ता उपाध्यायले बताउनुभयो । ग्यास भएर पनि उपभोक्तालाई ग्यास नदिने व्यवसायीको अनुगमन गरेर कारबाही भइरहेको र अनुगमनकर्ता निकायसँग समन्वय गरी थप अनुगमन गरिने उहाँले बताउनुभयो । –उज्यालो


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |