शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
काठमाडाैं, २१ वैशाख ।
नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ ।
बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार नेप्से सोमबार ४८ अंकले ओरालाे लागेकाे थियाे ।
नेप्सेमा बुधबार कारोबार रकम समेत ओरालाे लागेकाे छ । नेप्सेमा बुधबार ३६ लाख दुई हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्से बजार बुधबारमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा १९८ कम्पनीको सेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन ।
नेप्सेमा बुधबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएको छ। जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १२५ रुपैयाँ बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |