Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयनरायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

खरबुजाकाे भाउ घट्यो, मारमा किसान

७१० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (३ साल अघि)
खरबुजाकाे भाउ घट्यो, मारमा किसान

झापा, २१ वैशाख

शिवसताक्षी- ५ का धनकुमार ताजपुरियाले माई नदी बगरको चार विघामा खरबुजा खेती गरेका छन् । उनले वैशाख पहिलो साताबाट खरबुजा बिक्री सुरु गरे । हिउँदभर दुःख गरेर लगाएको खरबुजा राम्रो फलेपछि खुसी थिए, उनी ।

तर, चैत अन्तिम साता आएको असिनाले उनको खरबुजामा क्षति पुर्‍यायो । ‘असिनाले त बर्बाद नै गर्‍यो नि ! निकाल्ने बेला भएको सबै खरबुजा फुटायो । पहिलो लटको त काम नै लागेन,’ उनले भने ।

उनले खेतीका लागि बगरमा मलजल गरे । बगरमा ‘पैसा’ फलाउन सकिन्छ कि भन्‍ने आसले दुःख गरे । यहाँ आफ्नो पसिना मात्र खर्च गरेका छैनन् । ताजुरियाले सात लाख रुपैयाँ लागत पनि लगाएका छन् । अहिले बजारमा खरबुजाकाे भाउ एक्कासी घट्दा चिन्तामा छन्, उनी । ‘गत वर्ष यो बेलामा ४०-५० रुपैयाँ केजीमा खरबुजा बिक्री हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त १० रुपैयाँ केजीले बेच्नुपरेको छ ! यसपटक त नाफा त परको कुरा लगानी पनि नउठ्ने खतरा छ !’

शिवसताक्षी-४ का सन्तोषकुमार ताजपुरियाले पनि माई खोलाको बगरमा खरबुजा लगाएका छन् । स्वदेशमै केही गर्ने उद्देश्यले उनले माई खोलाको बगरमा खरबुजा खेती लगाएका हुन् । ‘स्वदेशमै केही गर्नुपर्छ । विदेश जान हुँदैन भन्‍ने लागेर खरबुजा खेतीमा लागेको हुँ,’ उनी भन्छन्, ‘कहिले लकडाउनले समस्या पार्छ । कहिले असिनाले समस्या पर्छ ।’

उनी आफैँ स्थानीय बजारमा खरबुजा बिक्री गर्न लैजान्छन् । गौरादह, गौरीगञ्ज, शिवगञ्जलगायतका बजारसम्म बेच्न लैजान्छन् । आफैँ बेच्न लजाँदा पनि प्रति केजी १० रुपैयाँ मात्र आउने गरेको उनी बताउँछन् । ‘आफैँ बेच्न ल्याउँदा पनि १० रुपैयाँ केजी बेच्नुपरेको छ । एकदम समस्या भएको छ । लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘ऋण गरेर ल्याएको पैसा डुब्यो भने त समस्या हुन्छ ।’ सिजनको सुरुवातमा ३० रुपैयाँ केजीसम्म खरबुजा बिक्री भएको उनी बताउँछन् ।

तर, सुरुमा असिनाका कारण खरबुजा फुटेर बिक्री गर्नै नपाएको उनको भनाइ छ । ‘सूरुमा ३०-३५ रुपैयाँ केजी थियो । अहिले १० रुपैयाँ छ । तर, मूल्य धेरै भएको बेलामा खरबुजा निकाल्नै पाइएन सबै खरबुजा असिनाले फुटायो,’ उनी भन्छन्, ‘यो दोस्रो लटले कतै लगानी त उठाउला कि भनेको भाउ छैन । बजारमा एकैपटक खरबुजा निस्किए । त्यसकारण पनि मूल्य एकैपटक घट्यो । ६ लाख भन्दा धेरै लगानी छ । साथीहरू मिलेर खेती गरेका हौँ । यसपटक लगानी उठ्नै गाह्रो हुने भयो । यसपटक हाम्रो मात्र हैन धेरैको क्षति भयो । हाम्रो त रुवाबासी नै भएको छ ।’

बर्सेनि कुनै न कुनै रूपमा किसानले समस्या भोगेकै छैन । कहिले बाढीपहिरो त कहिले कोरोना महामारी । तर, स्थानीय सरकारले किसानलाई केही सहयोग नगरेको ताजपुरिया बताउँछन् । ‘यस्तो गाह्रो पर्दा पनि स्थानीय सरकारले कहिल्यै सहयोग गरेन ।नगरपालिकामा बझ्दा केही सहयोग छैन भने । स्वदेशमै केही गर्छु भनेर लाग्नु त धेरै गाह्रो पो रहेछ,’ उनले भने । झापाको माई, बिरिङ र मेची नदीको बगरमा स्थानीयले खरबुजा खेती गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

  • महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

  • २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

  • किवो स्काउट क्याम्प २०८२ सुरु

    किवो स्काउट क्याम्प २०८२ सुरु

  • समाचार
    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    महिला स्वयंसेविकाको समर्पणकै कारण मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार : उपाध्यक्ष श्रेष्ठ

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    २२औं महिला स्वास्थ्य स्वयंसेविका दिवस : बेनीघाट रोराङमा उत्कृष्ट स्वयंसेविका, पोषण स्वयंसेवक र स्वास्थ्यकर्मी सम्मानित

    किवो स्काउट क्याम्प २०८२ सुरु

    किवो स्काउट क्याम्प २०८२ सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0