वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, १७ वैशाख।
आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ ।
सात सय ५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३ हजार ५ सय २३ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार ५ सय ४३ जना पुरुष मात्रै उम्मेदवार रहेका छन् भने १२ हजार ८ सय ८२ जना महिलालाई एमालेले उम्मेदवार बनाएको छ ।
देशका सात सय ५३ मध्ये १५ वटा मात्रै नगरप्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता नगराएको एमालेले ७ सय ३८ जनालाई नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको आयोगको रेकर्डमा उल्लेख छ ।
जसअनुसार २६ जना पुरुषलाई नगर उपप्रमुख बनाएको एमालेले २ सय ६० जना महिलालाई नगरप्रमुखको दावेदारको रुपमा प्रस्तुत गरेको छ । ३५ जना पुरुषलाई गाउँपालिका उपाध्यक्षमा खडा गरेको र चार सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेका छ ।
६ हजार ५ सय २३ जना मध्ये ६ हजार ४ सय ५ वडा अध्यक्षमा पुरुषलाई उठाएको एमालेले सोही पदमा जम्मा १ सय १८ जनालाई महिला मात्रै वडा अध्यक्षको रुपमा सिमित पारेको छ ।
६ हजार ४ सय ११ जना महिला, ६ हजार २ सय ९ जना दलित महिला वडा सदस्य उठाएको एमालेले १२ हजार ३ सय ५० जना पुरुष, ५ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |