धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,११ बैशाख ।
सत्तारुढ गठबन्धनले धादिङका स्थानीय तहको भागबन्डा टुंग्याएको छ । गठबन्धनले आईतबार धादिङका स्थानीय तहका प्रमुख र उपप्रमुखमा भागबन्डा टुंग्याएको हो ।
१३ वटा स्थानीय तहमध्ये थाक्रे गाउँपालिकामा भने गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुंग्याउनेसहमति भएको छ । बाँकी १२ स्थानीय तहमा भागबन्डा टुंग्याइएको हो ।
जिल्लामा नेपाली काग्रेसले ७ वटा प्रमुख र ४ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख र एकिकृत समाजबादीले २ वटा प्रमुख र ४ वटा उपप्रमुखमा भागबन्डा गरि तालमेलको लागी निर्णय गरेका हुन् ।
सहमती पत्रमा नेपाली काग्रेसको तर्फ बाट बागमती प्रदेश सभापति ईन्द्र बानिया, माओबादीबाट बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र नेकपा एकिकृत समाजबादी बाट बागमती प्रदेशका इन्चार्ज केदार प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
जिल्लामा करिब एक साता अघिदेखि लामो छलफल र चर्को रस्साकस्सीपछि पनि गठबन्धन दलका नेताहरुबीच भागवण्डाको विषयमा सहमति जुट्न नसकेपछि जिल्लाको नेतृत्वमा रहेका गठबन्धनका नेताहरु प्रदेश कमिटीलाई गुहार्न पुगेका थिए । प्रदेशस्तरीय नेतासहितको छलफलबाट १२ वटा स्थानीय तहमा भागवण्डामा मिलेको बताईएको छ ।
भागवण्डामा निलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओबादी केन्द्रको उम्मेदवार रहने भएको छ । धुनिबेसी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेस, खनियाबासको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, सिद्धलेकको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रहने छन् ।
त्यसैगरी रुवीभ्यालीको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस, गंगाजमुनाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी, गल्छीको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस, गजुरीको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसको उम्मेदवार रहने छन् ।
त्यस्तै ज्वालामुखीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी, त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, नेत्रावती डवजोङको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र र बेनिघाट रोराङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रहने छन् । जिल्लाको थाक्रे गाउँपालिकामा भने पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुङ्ग्याउने सहमती भएको छ ।
यसअघिको निर्वाचनमा कांग्रेसले नीलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र खनियावास गाउँपालिकाको प्रमुख जितेको थियो भने माओवादी केन्द्रले वेनिघाट रोराङ गाउँपालिकाको प्रमुख जितेको थियो ।
धादिङमा सत्तारुढ तीनदलीय गठबन्धनमा भागबण्डाको विषयलाइ लिएर स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट भएका छन् । स्थानीय अवस्थाको अध्ययन नै नगरी जिल्लाका स्थानिय तहमा गठबन्धन गरिएको भन्दै स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट नेता कार्यकर्ताहरुले नेतृत्वलाई दवाव दिन जिल्ला पार्टी कार्यालयमा ताला समेत लगाएका छन् ।
यसैगरी सत्तारुढ गठबन्धनमै रहेको अर्को दल जनता समाजवादी पार्टीको धादिङमा कमजोर संगठन रहेको भन्दै पालिका प्रमुख र उपप्रमुखको भागबण्डाबाट अलग गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |